बैंकिङ्ग कसुर मुद्दामा १४ लाख बिगो तोकिएका राममणी त्रिपाठी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनका राममणी त्रिपाठी रहेका छन्। 

उनीमाथि काठमाडौं जिल्ला अदालतले १४ लाख ६७ हजार बिगो भराई ७३ हजार ३९० जरिवाना र  क्षतिपूर्ति बापत २ हजार ९३६  पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको थियो। 

त्रिपाठीलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिइएका प्रहरी टोलीले कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल, काठमाडौं पठाइएको छ।