भन्सार छलेर ल्याइएका सामानसहित ४ जना पक्राउ


कञ्चनपुर – कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित ४ जना भारतीयलाई पक्राउ गरेको छ। बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको ५७ हजार रूपैयाँ बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली ल्याइएका २५ हजार रूपैयाँ बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन्।

यसैबिच, जुवाको खालबाट आठ जना पक्राउ परेका छन्। उनीहरूबाट नगद ५५ हजार रूपैयाँ पनि बरामद भएको छ।