काठमाडौं – ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरी बिक्री गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सुनैन मियाँ (पेट्रोल पम्पका साहु) असलम हवारी (पम्पमा लेखाको काम गर्ने) रफिक मियाँ (पम्पको क्यासियर), मकवानपुरका सन्देश राना मगर, केशर राम सुनार, मन्द सिंह लामा र उमेश राना मगर रहेका छन्।
पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडक–खण्डस्थित आईसीपी जाँचपास भई नेपालभित्र प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा फेला पारेको हो। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया