बैंकिङ्ग समाचार । राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले १४७.५२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको मुनाफाबाट वितरण हुने ३६.५० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुंजीको १४७.५२ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो ।…