३ वाणिज्य बैंक सहित ७ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

३ वाणिज्य बैंक सहित ७ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेका ७ ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।  

क्यापिटलको स्वामित्वमा रहेका प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, आईसीएफसी फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।  

कम्पनीले माघ ५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको ति ७ ओटा कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

विद्यमान संस्थापकहरुलाई प्रथामिकता दिई यसभन्दा अगाडिनै कम्पनीले ३५ दिने सूचना प्रकाशित गरीसकेको हुँदा यसै सूचनाद्वारा विद्यमान संस्थापकहरुलाई जानकारी गराएको छ ।

क्यापिटलले प्रभु बैंकको ४६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १७५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

त्यसैगरी, प्राइम कमर्शियल बैंकको शेयर न्यूनतम मूल्य प्रतिकित्ता रू. १९०, कुमारी बैंकको रू. १७५, आईसीएफसी फाइनान्सको रू. २५०, नेपाल ग्रामीण विकास लघुवित्तको रू. ४००, नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९४ र नेपाल इन्स्योरेन्सको रू. ४५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । 

शेयर लिलामीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।