सानिमा बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

सानिमा बैंकको शेयरमूल्य नेप्सेमा समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन बैंकको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य २४७ रुपैयाँ ४३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार बैंकको शेयर प्रतिकित्ता २६९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो ।

बैंकले कात्तिक २ गते, बिहीबार १९ औँ वार्षिक साधारण सभा डाकेको छ । बैंकको सो सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।