घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट पायो अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने निर्णय गरेको थियो । कम्पनीले यसअघि नै विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्ने अनुमति पाइसकेको थियो । आयोगबाट अनुमति पाएपछि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।

कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धिधत संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।