नेपाल पुनर्बीमा कम्पनीको ४.७५% बोनस शेयर शेयरधनीहरुलाई वितरण गर्न सुरु

नेपाल पुनर्बीमा कम्पनीको ४.७५% बोनस शेयर शेयरधनीहरुलाई वितरण गर्न सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले असार १५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्न सुरु गरेको छ । कम्पनीले उक्त बोनस शेयर असोज १९ गतेदेखि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत सभामार्फत पारित गरेको थियो । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार ७ गते एक दिन बुकक्लोज गरेको थियो । यसर्थ असार ६ गतेसम्म आफ्नो शेयर कायम राखेका शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।

असार ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले अनुरोध गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको हो ।