एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष र आरएमडिसी लघुवित्तको संस्थापक शेयर लिलामीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष र आरएमडिसी लघुवित्तको संस्थापक शेयर लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिहीवारदेखि एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ । नागरिक लगानीकोषको ३ लाख ३१ हजार ९०२ कित्ता र आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।  

नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार १८३ र आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ४९४ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी माघ २० गतेसम्म यी शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आरएमडीसी लघुवित्तको शेयर खरिदका लागि न्यूनतम एक हजार कित्ता र नागरिक लगानीकोषको शेयर खरिदका लागि न्यूनतम एक सय कित्ताका आवेदन दिनु पर्नेछ भने अधिकतम कित्तामा कुनै हद लाग्नेछैन् ।

आरएमडिसी लघुवित्तको शेयर खरिदको आवेदन विक्री प्रबन्धक एनएआईसी एशिया क्यापिटल लिमिटेडमा पाउन र बुझाउन सकिने व्यवस्था छ । नागरिक लगानीकोषको शेयर खरिदका लागि भने विक्री प्रबन्धकसगैँ एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, विरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।