सर्वोत्तम सिमेन्टको साधारणसभा सम्पन्न, ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने

सर्वोत्तम सिमेन्टको साधारणसभा सम्पन्न, ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सर्वोत्तम सिमेन्टको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साभारणसभाको बैठकले लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने निर्णय गरेको छ ।  

साथै बैठकले विशेष प्रस्तावहरुअन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) ६० लाख कित्ता सेयर निष्काशन बुक विल्डिङ विधिबाट गर्ने निर्णय गरेको छ । 

त्यस्तै, धादिङको रोरांग गाँउपालिकाको कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन् गर्न १५ करोड १ लाख मात्र रुपैयाँमा खानी खरिद गर्ने सञ्चालक समितिको निर्णयलाई पनि वार्षिक साधारणसभाले अनुमोदन जनाएको छ । त्यससगैँ आव २०७७/२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकमा सुवास एण्ड कम्पनी चार्टर्ड एकाउन्टेण्टस्लाई नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ ।