शेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

शेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं । 
कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । (आइतबार) देखि घटिरहेको नेप्से परिसूचक आज भने बढेको हो । सेयर बजारमा वृद्धि हुँदा कारोबार रकमभने घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.२९ अंकले बढेर २७७९.९३ विन्दुमा पुगेको छ । नेप्से ०.१२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.३८ अंकले बढेर ५१८.७२ विन्दुमा पुगेको छ ।  

कूल २२४ वटा कम्पनीको ६६ लाख ७५ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३४ करोड ३४  लाख १३ हजार ६ सय ८४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ उपसमूहहरुको सेयर घटेको छ भने ७ उपसमूहको सेयर बढेको छ । आज सबैभन्दा फाइनान्स समूहको सेयर बढेको छ । 

बजार बढ्दा कारोबार रकममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको २० करोड २ लाख ६ सय ९७ रूपैयाँको कारोबार भएको छ ।  

बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयर मूल्य आज १० प्रतिशतले बढेको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर १ हजार ३ सय ३८ रुपैयाँ २० पैसा पुगेको छ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर ५ सय ९ रुपैयाँ ५० पैसा पुगेको छ । 

त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज  बैंकको  सेयर मूल्य ४.१४ प्रतिशतले घटेर ३ सय ४५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।