शेयर बजारमा १०५.५५ अंकको उच्च वृद्धि, कारोबार रकम ६ अर्ब ३२ करोडमा

शेयर बजारमा १०५.५५ अंकको उच्च वृद्धि, कारोबार रकम ६ अर्ब ३२ करोडमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से १०५.५५ अंकले बढेर दुई हजार ८ सय ८५ दशमलब ५३ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज ६ अर्ब ३२ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।   

नेप्सेका अनुसार आज छ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जि कम्पनी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फाइन्ट्रक्चर, अरुण भ्याली हाइड्रोपावर र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।   

त्यस्तै, मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ ।