छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि विक्री खुला

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि विक्री खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर आज (मंगलवार) देखि निष्कासन तथा विक्री खुला भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १ गते अनुमति पाएको हो ।