शेयर बजारको ओरालो यात्रा कायमै, ५.९२ अंकले घटेको नेप्सेमा कारोबार रकमको भारी गिरावट

शेयर बजारको ओरालो यात्रा कायमै, ५.९२ अंकले घटेको नेप्सेमा कारोबार रकमको भारी गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि घटेको छ । केहि दिनदेखि निरन्तर ओरालो लागेको नेप्से आज पनि सामान्य अंकले घटेको हो ।  आज नेप्से ५.९२ अंकले घटेर दुई हजार ८ सय १४ दशमलब ७४ विन्दुमा रोकिएको हो । सोमबार नेप्से १००.१० अंकले घटेर दुई हजार ८ सय २० दशमलब ४१ विन्दुमा रोकिएको थियो ।  

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भएको छ । सोमबार ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको थियो ।    

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता ११०६ रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४२१.१० रुपैयाँ पुगेको छ ।     

त्यस्तै, कृषि विकास बैकको डिभेञ्चरसंगै गोर्खाज फाइनान्सको पनि शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज कृषि विकास बैकको डिभेञ्चर ८ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सकको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।