नेप्सेको ओरालो यात्रा कायमै, आज ३८.४५ अंकको गिरावटसगैँ कारोबार रकम पनि ४ अर्बमा झर्यो

नेप्सेको ओरालो यात्रा कायमै, आज ३८.४५ अंकको गिरावटसगैँ कारोबार रकम पनि ४ अर्बमा झर्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार पनि घटेको छ । आज नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से ५.९२ अंकले घटेर दुई हजार ८ सय १४ दशमलब ७४ विन्दुमा थियो ।  

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको छ । मंगलबार ५ अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भएको थियो ।   

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता १२१६.६० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६३ रुपैयाँ पुगेको छ ।      

त्यस्तै, पोखरा फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।