रू रू जलविद्युत् परियोजनाद्वारा १०% बोनस शेयर हितग्राही खातामा जम्मा

रू रू जलविद्युत् परियोजनाद्वारा १०% बोनस शेयर हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
रू रू जलविद्युत् परियोजना लिमिटेडले असोज १६ गते पारित गरेको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । 

कम्पनीले माघ ९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको उक्त बोनस शेयर असोज ६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । उक्त मितिपश्चात शेयर अभौतिकीकरण गराउने सदस्यहरुको पनि हितग्राही खातामै बोनस शेयर जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । 

यसर्थ हालसम्म शेयर अभौतिकीकरण नगराएका सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो बोनस शेयर प्राप्त गर्न कम्पनीले भनेको छ । यस वर्ष कम्पनीले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा सम्पन्न गरेको  हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७७/७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।