बैकिङ्ग समाचार । संसदमा पेस भएको डेढ वर्षपछि बीमा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक अघि बढेको छ । अर्थ समितिमै थन्किएको विधेयक माथि सोमबार छलफल हुने भएको हो । समितिले सोमबार विज्ञसहितको टोलीलाई प्रस्तावित बीमा विधेयकमाथिको छलफलमा बोलाएको छ । संसद् सचिवालयमा बीमा विधेयक ०७५ असार ३ गते दर्ता भएको थियो । दर्तापछि सांसदहरूलाई वितरण गरेर…