अब कृषि बीमाको ८० प्रतिशत प्रिमियम सरकारले तिर्ने

अब कृषि बीमाको ८० प्रतिशत प्रिमियम सरकारले तिर्ने

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले कृषि बीमामा असि प्रतिशत अनुदान दिने भएको छ।  संसदमा प्रतिस्थापन बजेट विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माली यस्तो घोषणा गरेका हुन्। 

यसअघी कृषी बीमाको प्रिमियममा सरकारले प्रोत्साहन स्वरुप ५० प्रतिशत अनुदान दिंदै आएको थियो। सरकारले कृषि बीमाको दायरा बढाउन अनुदान रकम बढाएपनि किसानहरूले अपेक्षित लाभ भने लिन सकेका छैनन्। 

पशु बीमाको तुलनामा बाली बीमामा भने किसानहरू सन्तुष्ट हुन नसकेका कारण यस्तो अवस्था सिर्जना भएको हो। सरकारले कृषि तथा पशुपक्षी क्षेत्रलाई प्रवर्द्धन तथा विकास गरी जोखिम न्यूनीकरणका लागि २०७० सालदेखि कृषि बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ । बीमा समितिले २०७०/०७१ देखि कृषि तथा पशु बीमा कार्यक्रमलाई अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएको हो ।