सेयर धितो कर्जाको १२ करोडको सीमा २० करोड पुर्‍याइयो

सेयर धितो कर्जाको १२ करोडको सीमा २० करोड पुर्‍याइयो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको १२ करोडको सीमा बढाएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।

जस अनुसार  कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कुल रु. १५ करोड कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो  ।  

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो  । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकको नीतिकै कारण सेयर बजार घटिरहेको भन्दै सेयर धितो कर्जाको सीमा बढाउनुपर्ने अभिव्यक्ति सार्वजनिक मञ्चबाटै दिंदै आएका थिए।