किन बढिरहेका छन आर्थिक अपराधका मुद्दा ? 

किन बढिरहेका छन आर्थिक अपराधका मुद्दा ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौँ । 
पछिल्लो समय आर्थिक अपराधका मुद्दाहरु बढिरहेका छन् । पछिल्ला पाँच वर्षअघि र अहिलेको आर्थिक अपराधका मुद्दा हेर्ने हो भने चार गुणाले वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । पछिल्लो पाँच वर्ष (आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८०) सम्म २६ हजार २ सय ६० आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् । 

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्र डिजिटल प्रणालीमा अगाडि बढेसँगै बैंकिङ्ग अपराध, आर्थिक अपराधमा पनि बैंकिङ्ग कसुर, सहकारी ठगी, हुन्डीको नाममा हुने अपराध सबैभन्दा धेरै बढेको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ३६ वटा मुद्दा प्रहरीले दर्ता गरेको थियो जसमा १ अर्ब ५९ करोड  १० लाख ६५ हजार ९ सय ४३ रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो । यसमध्ये प्रहरीले १ हजार १ सय ६५ जनालाई पक्राउ गरेको थियो । 
\"\"

त्यसको पाँच वर्षपछि अर्थात आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा अपराधका कसुरमा अदालतमा दर्ता हुने मुद्दाको संख्या चार गुणाले बढेर गएको देखिन्छ । यस वर्ष अदालतमा त्यस्ता १२ हजार १ सय २८ वटा मुद्दा दर्ता भएका छन् । जसमा ६९ अर्ब १५ करोड ८८ लाख २२ हजार ९ सय ४३ रुपैयाँ बराबरको बिगो रकम दाबी गरिएको छ । बिगो रकम दाबी पाँच वर्ष अघिसँग तुलना गर्दा झन्डै ६५ गुणाले बढी हो । यसमध्ये प्रहरीले २ हजार ४ सय ६५ जनालाई प्रक्राउ गरेको  नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुबेरबहादुर कडायतले जानकारी दिएका छन् ।

२०७६÷७७ मा आर्थिक अपराध मामिलाका ३ हजार ३ सय १५ मुद्दा दायर भएका थिए । जसमा २ अर्ब ९३ करोड ३७ लाख ५६ हजार २ सय ९० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो भने १ हजार १ सय २३ जना पक्राउ परेका थिए ।
त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा भने आर्थिक अपराधका मुद्दाको संख्या केही घटेको तंथ्याकमा देखिन्छ । तंथ्याक अनुसार उक्त वर्ष २ हजार ३ सय ६५ वटा मुद्दा दायर भएका थिए । मुद्दा दर्ताको संख्या कमी आएको देखिएतापनि  । अपराधबाट हुने रकम भने बढेको देखिन्छ । 

अदालतमा दाबी भएको बिगो रकम हेर्दा ३ अर्ब ३७ करोड ५ लाख ८४ हजार १ सय ९७ देखिएको छ । जसमा पक्राउ पर्ने अभियुक्तको संख्या ९ सय ५ जना छ ।आर्थिक वर्ष २०७८÷७९ मा आर्थिक अपराधका मुद्दा ५ हजार ४ सय १६ वटा दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा झन्डै २ हजार बढी संख्यामा मुद्दा अदालत पुगेको तंथ्याकले देखाउछ । मुद्दा दर्ता संख्या बढेसँगै बिगो रकम पनि बढेर १४ अर्ब २१ करोड ७५ लाख ७२ हजार बढी पुगेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । पक्राउ पर्ने अभियुक्तको संख्या १४ सय ७६ रहेको छ ।

प्रहरीको तथ्यांकलाई तुलना गर्दा पछिल्ला पाँच बर्षमा आर्थिक अपराध चार गुणाले बढेको देखिन्छ । देशमा आर्थिक अपराध नियन्त्रणका लागि कानुनी संरचना त केही मात्रामा तयार भएका देखिन्छन् तर प्रविधिगत रूपमा यो अपराध नियन्त्रणका लागि खासै धेरै काम भएको छैन । यस्तो परिस्थतिमा आर्थिक अपराधको वृद्धि अझै हुन्छ ।