कोरोना बीमा भुक्तानीको लागि अर्थमन्त्रीले गरे बीमा समितिका अध्यक्षसँग छलफल

कोरोना बीमा भुक्तानीको लागि अर्थमन्त्रीले गरे बीमा समितिका अध्यक्षसँग छलफल

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा छलफल थालेका छन् । बुधबार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् ।

सरकारले  केही समयअघि कोरोना बीमाको भुक्तानी हुन नसकेको दाबी रकमका सम्बन्धमा ठोस निर्णय नगर्ने संकेत गरेको थियो । तर बुधबार अर्थमन्त्री शर्माले आफैँले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई बोलाएर कोरोना बीमाको भुक्तानीको विषयमा छलफल गरेका हुन् । भदौ २७ गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले कोरोना बीमाको विषय गम्भिर भएकाले अहिले नै भुक्तानीका विषयमा बोल्न नसक्ने बताएका थिए ।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका हुन् । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

कोरोना बीमा मापदण्ड, २०७७ ले गरेको व्यवस्था अनुसार बीमक कम्पनी, पुनर्बीमा कम्पनी, तथा बीमा समितिले भुक्तान गर्ने भनेको ३ अर्ब ५० करोड रुपैंयाको दायित्व भुक्तानी भइसकेको छ । तर सरकारतर्फको दायित्व भुक्तानी नहुँदा कोरोना बीमा गर्ने अधिकांशले दाबी वापतको भुक्तानी पाउन सकिरहेका छैनन् ।