बीमा क्षेत्रले एक महिनामै उठायो साढे ३४ अर्ब प्रिमियम, सबैभन्दा बढी जीवन बीमाको

बीमा क्षेत्रले एक महिनामै उठायो साढे ३४ अर्ब प्रिमियम, सबैभन्दा बढी जीवन बीमाको

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको बीमा क्षेत्रले एक महिनामै साढे ३४ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले गत भदौ मसान्तसम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरिरसकेका छन् ।

जुन गत वर्षको भन्दा ३४.२२ प्रतिशत बढी हो । समितिको तथ्याङ्क अनुसार निर्जीवनभन्दा जीवन बीमा कम्पनीले बढी प्रिमियम उठाएका छन् ।

समीक्षा अवधिमा जीवन बीमा व्यवसायबाट २८ अर्ब १३ करोड रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ६ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । जुन गत वर्षको तुलनामा क्रमशः ३४.२४ र ३४.१३ प्रतिशतले बढी हो । २०७७ भदौमा जीवन बीमा कम्पनीले २० अर्ब ९६ करोड र निर्जीवन बीमा कम्पनीले ४ अर्ब ७७ करोड रूपैयाँ मात्रै बीमाशुल्क उठाएका थिए ।

त्यस्तै, भदौ महिनामा मात्रै जीवन बीमा कम्पनीले ८७ लाख ९६ हजार ८८ वटा र निर्जीवन बीमा कम्पनीले ४ लाख ७३ हजार २३४ वटा बीमालेख जारी गरेका छन् । जुन २०७७ भदौको तुलनामा क्रमशः १०.८४ र ७.६६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३९ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको भदौको तुलनामा १७.९६ प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १५.९९ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

\"\"