बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्‍याइने

बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्‍याइने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् । 

उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड महामारीका कारण संस्थानको व्यापारमा प्रभाव परेको उनले बताए । महामारीको समयमा संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ । यस्तै, सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ aभुक्तानी गरेको कँडेलले जानकारी दिए ।