पुनर्बीमा कम्पनीको लगानीकर्ताले १९.५० प्रतिशत मात्र लाभांश पाउने

पुनर्बीमा कम्पनीको लगानीकर्ताले १९.५० प्रतिशत मात्र लाभांश पाउने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल पुनर्बीमा कम्पनी (NRIC) को लगानीकर्ताले १९.५० प्रतिशत मात्र लाभांश पाउने भएका छन् । यसअघि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएकोमा १ प्रतिशत लाभांश घटाएर परिमार्जन भएको हो ।

बीमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि कम्पनी सञ्चालक समितिको बैठकले १६.५० प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत मात्र नगद वितरण गर्ने प्रस्तथाव गरेको छ ।

यसअघि कम्पनीले चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस र कर रकम सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समितिको निर्देशनपछि पहिले प्रस्तावित लाभांशमा १ प्रतिशत नगद लाभांश घटाइएको हो ।

पुरानो प्रस्तावित बोनस शेयरमा भने परिवर्तन गरिएको छैन ।