सुनचाँदी व्यवासायीले एनएलजीबाट सहजै इन्स्योरेन्स गर्न सक्ने

सुनचाँदी व्यवासायीले एनएलजीबाट सहजै इन्स्योरेन्स गर्न सक्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्स बीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुई संस्थाबीच सरल र सहज रुपमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले समझदारीसँगै देशभरका व्यवसायीले एनएलजी इन्स्योरेन्समार्फत सहज रुपमा इन्स्योरेन्स गर्न सक्ने बताए । देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएट सदस्यहरुले कम्पनीको जुनसुकै शाखाबाट यो सुविधा लिन सक्ने उनले बताए ।

कार्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले दुई संस्थाबीच भएको समझदारीले महासंघमा आवद्ध सुनचाँदी व्यवसायी लाभान्वित बन्ने बताए ।