बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले सबै वित्तीय सूचकमा राम्रो प्रगति गरेको देखिएको छ । कम्पनीको अधिकांश वित्तीय सूचक बढेका छन् । कम्पनीले यस अवधिसम्ममा ३४ करोड २६ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।…