महालक्ष्मी लाईफले युवालाई लक्षित गरेर बीमा जागरण राष्ट्रिय अभियान चलाउने

महालक्ष्मी लाईफले युवालाई लक्षित गरेर बीमा जागरण राष्ट्रिय अभियान चलाउने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत "युवा संग महालक्ष्मी लाईफ" सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ। कम्पनीको संचालक समितिको २०७८ भाद्र २५ गतेको निर्णय बमोजिम आश्विन महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दुई वर्षे यस अभियानमा आ.व. २०७८/७९ भित्र २५ वटा जिल्ला र आ.व. २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ । यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ ।

" काम गरि आय आर्जन गर – बीमा गरी सुरक्षित बन"  भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । 

 कम्पनीका अनुसार प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा  अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ । प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।