काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। माघ ८ गते बसेको बैंकको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो। बैंकले आर्थिक वर्ष २०७८–७९ बाट चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर तथा १.५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।