कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबीच सेवा शुल्क छुट सम्झौता

कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबीच सेवा शुल्क छुट सम्झौता


काठमाडौं – कामना सेवा विकास बैंकले काठमाडौंस्थित लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस  सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

 बैंकको ग्राहकहरुले बैंकसँग आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।