एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान


काठमाडौं – एनएमबि बैंक लिमिटेडले ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुई महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ्ग सेवामा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस– प्रिन्सिपल क्लाइन्ट’ अवार्डबाट सम्मान गरिएको हो।

यस सम्मानले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै लगेको बैंकले जनाएको छ। बैंकलाई प्राप्त यस प्रतिष्ठित सम्मानले डिजिटल बैंकिङको क्षेत्रमा बैंकले चाल्दै आएका नवीनतम पहल र निरन्तर प्रयासहरूलाई थप पुष्टि गरेको बैंकले जनाएको छ।

बैंकले आफ्ना भरपर्दो डेबिट कार्ड सेवा र आधुनिक डिजिटल बैंकिङ्ग सेवाहरूमार्फत ग्राहकहरूलाई स्वदेश तथा विदेशमा  सहज, छिटो र सुरक्षित  रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ। प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको मुख्य प्राथमिकता रहँदै आएको बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभरि १९६ शाखाहरू, १७६ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गदै आइरहेको छ।