नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर लिलामी बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर लिलामी बिक्रीमा


काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ लाख ५५ हजार ७४१ कित्ता शेयर लिलामी बिक्रीमा ल्याएको छ।

कम्पनीले यसअघि हालका संस्थापक शेयरधनीलाई नै सो शेयर बिक्रीका लागि प्रस्ताव गरेकोमा विद्यमान संस्थापकले नकिनेपछि अन्य सर्वसाधारण तथा संस्थाहरुका लागि लिलामी बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयर खरिद गर्न चाहनेले ७ दिनभित्र शेयर शाखा लाजिम्पाटमा निवेदन दिन बैंकले आग्रह गरेको छ।