निक्षेप संकलनमा केही गिरावट, अन्तरबैंक ब्याज पनि घट्यो, अन्य सूचक कस्तो ?

निक्षेप संकलनमा केही गिरावट, अन्तरबैंक ब्याज पनि घट्यो, अन्य सूचक कस्तो ?


काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा केही गिरावट आएको छ । राष्ट्र बैंकको वैशाख २ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ४३ अर्ब निक्षेप संकलन भएको छ। वैशाख १ गते ६१ खर्ब ५१ अर्ब निक्षेप रहेकोमा एकदिनमा ८ अर्बले निक्षेप घटेको केन्द्रिय बैंकको तथ्यांकले देखाउँछ। सो समयमा वाणिज्य बैंकहरुबाट ५४ खर्ब २६ अर्ब निक्षेप संकलन भएको छ।

बैंकको तथ्यांकअनुसार गत आइतबारसम्म कुल कर्जा प्रवाह ५१ खर्ब १२ अर्ब भएको थियो। जसमध्ये वाणिज्य बैंकले ४५ खर्ब २२ अर्ब कर्जा प्रवाह गरेको छ। बैंकको तथ्यांकले १ गते भने वाणिज्य बैंकले ४५ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेको देखाउँछ। सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.८२ कायम भएको छ।

त्यस्तै, बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदरमा केही गिरावट आएको देखाएको छ। केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर ३.०१ प्रतिशत रहेको देखाएको छ। गत शनिबार अन्तरबैंक ब्याज ३.८२ प्रतिशत कायम थियो।