क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, सुझाव दिन राष्ट्र बैंककाे आग्रह

क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, सुझाव दिन राष्ट्र बैंककाे आग्रह


काठमाडौं– नेपाल राष्ट्र बैंकले क्यूआर कोड मार्फत हुने अन्तरदेशीय कारोबारको लागि आवश्यक मस्यौदा तयार पारेको छ। केन्द्रीय बैंककाे विदेशी विनिमय व्यवस्थापन विभागले मस्यौदा सार्वजनिक गर्दै सुझावको लागि आग्रह गरेको हाे ।

बैंकले क्यूआर कोड मार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ्ग इन्टरनेट, बैंकिङ्ग तथा अन्तर बैंक भुक्तानी मार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार पारेको हो।

केन्द्रीय बैंकले एक महिनाको समय दिएर सुझाब मागेको उक्त मस्यौदामा क्यूआर कोडमार्फत हुने सम्पूर्ण अन्तरदेशीय रिटेल पेमेन्ट कारोबारहरु अनिवार्य रुपमा राष्ट्रिय भुक्तानी स्वीच मार्फत हुने व्यवस्था गरिने उल्लेख गरेकाे छ ।

मस्यौदामा राष्ट्र बैंक, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त अन्य निकायहरुबाट विभिन्न भुक्तानीका उपकरणहरुमार्फत नेपालबाट विदेशमा भुक्तानी गर्न तथा विदेशबाट नेपालमा भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था रहेको छ। केन्द्रीय बैंकले मोबाइल बैंकिङ्ग, क्यूआर कोड भुक्तानी र रिटेल पेमेन्टको इन्टिग्रसनका लागि विदेशी संस्थासँग समझदारीपत्र गर्न भने भुक्तानी प्रणालीसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै , विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरु तथा भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमतिप्राप्त संस्था मार्फत हुने अन्तरदेशीय कारोबारको नियमित विवरण बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग र भुक्तानी प्रणाली विभागमा पेश गर्नुपर्ने व्यवस्था मिलाइने केन्द्रीय बैंकले जनाएको छ।

यस्ताे छ मस्याैदा: