लेखा व्यवसायलाई मर्यादित बनाउनु अहिलेकाे आवश्यकता

लेखा व्यवसायलाई मर्यादित बनाउनु अहिलेकाे आवश्यकता


चार्टर्ड एकाउन्टेन्ट पेशालाई मर्यादित बनाउनु अहिलेको मुख्य चुनौती रहेको जानकारहरुले औँल्याएका छन्। चार्टर्ड एकाउन्टेन्टहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको कार्यक्रममा पेशाकर्मी र जानकारहरुले यस्तो बताएका हुुन् । सम्मेलनमा लेखा व्यवसायीहरुका लागि सरकारी निकायमा छुट्टै दरबन्दी सिर्जना गरिनुपर्ने विषय प्राथमिकताका साथ उठाइएको छ ।

आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेका अनुसार लेखा व्यवसायीहरुको कामको न्यूनतम शुल्क तोकिनुपर्ने, कम शूल्कमा काम गरेमा त्यसको गुणस्तरको समीक्षा गरिनुपर्ने विषयमासमेत सम्मेलनमा छलफल गरिएको छ। सीएहरूलाई पनि सरकारी सेवामा प्रवेश खुला हुनुपर्ने,सीएहरुको क्षमता अभिवृद्धि गर्नु अहिलेको मुख्य चुनौतीको रहेको अध्यक्ष सुजनकुमार काफ्लेको भनाई छ ।

त्यस्तै रजिष्टार एकाउन्टेट मोहनबहादुर खड्काका अनुसार चार्टर्ड एकाउन्टेन्ट पेशालाई मर्यादित बनाउनु अहिलेको मुख्य चुनौती रहेको छ । नेपालमा हाल ७ हजार भन्दा बढी आरएहरु रहेका छन् भने २२ सय भन्दा बढी सीएहरु छन् । रजिष्टार एकाउन्टेट लोकमान मास्के भन्छन् विगत १० वर्षमा यस क्षेत्रमा धेरै विकास भएको छ। तर पेशाकर्मी इमान्दार नहुँदा यो पेशालाई विश्वासनीय बनाउनु अहिलेको मुख्य चुनौती हो । त्यस्तै रजिष्टार एकाउन्टेट हिरारत्न बर्जाचार्य भन्छन् । सरकारले यो पेशामा आबद्ध भएकालाई विभिन्न खाले तालिम दिएर क्षमतावान् बनाउनुपर्छ ।

हाल अर्थतन्त्रमा देखिएको शिथिलताका कारण लेखा व्यवसायीहरुले विभिन्न अवरोधहरु सामाना गर्नु परिहेको चार्टर्ड एकाउन्टेन्ट सन्देश शर्मा बताउँछन्। नेपालमा भएका लेखा व्यवसायी क्षमतावान हुँदाहुँदै सरकारले कतिपय समयमा अविश्वास गरेको गुनासो चार्टर्ड एकाउन्टेन्ट सूर्यबहादुर खड्काको छ । यस्तै लेखा व्यवसायी सञ्जिव भक्त आचार्य भन्छन् यो पेशा राज्यको उपेक्षामा छ । सीएहरुको लागि सरकारी सेवामा प्रवेश खुला गरिनुपर्छ । यता,चार्टर्ड एकाउन्टेन्ट मनोज अर्यालका अनुसार अहिले यो क्षेत्रको आबद्ध दक्ष जनशक्तिलाई स्वरोजगार र पेशा व्यवसाय गर्ने वातावरण सरकारले बनाउनुपर्छ ।

पेशाप्रति इमान्दार बन्न लेखा व्यवसायी, गलत लेखाङ्कन र लेखाका सर्वमान्य सिद्धान्त प्रयोग नभएकाले व्यवसायीले आचरण, इमान्दारीतामा गम्भिर हुन विज्ञहरुले सुझाएका छन् । कार्यक्रममाा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत यस क्षेत्रका विज्ञ १ हजार जनाभन्दा बढी लेखा व्यवसायीहरुको उपस्थिति रहेको छ ।