ज्योति विकास बैंकको नाफामा गिरावट

ज्योति विकास बैंकको नाफामा गिरावट


काठमाडौं–ज्योति विकास बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा गत वर्षको तुलनामा २४ प्रतिशतले घटेको जानकारी दिएको हो । योसँगै चैत मसान्तसम्म बैंकको खुद नाफा रु. १५ करोड २४ लाख ३३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले रु. २० करोड १६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद नाफामा गिरावट आएसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी जम्मा रु. रुपैयाँ ६२ पैसा रहेको छ । गत वर्ष यसै अवधिमा यस्तो आम्दानी रु. ६ रुपैयाँ १२ पैसा थियो । साथै बैंकको निष्क्रिय कर्जा बढेर ४.९७ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ३.८९ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएसँगै रु. २८ करोड ६६ लाख कायम छ । प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको बैंकले जनाएको हो छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने रु. १ अर्ब ५३ करोडको वृद्धि भएको देखिन्छ भने इम्पेरिमेन्ट चार्ज ८३ करोड २ लाख रुपैयाँ छ ।