एनआईसी एशिया बैंकको नाफा ५२ प्रतिशतले घट्यो

एनआईसी एशिया बैंकको नाफा ५२ प्रतिशतले घट्यो



काठमाडौं एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा बैंकले १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा ५२.३१ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात ९एनपीएल० बढेर १.७६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल ०.७४ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा २ अर्ब १४ करोड ८५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा २३ करोड ५२ लाख रुपैयाँ छुट्याएको थियो। इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफा प्रभावित बनेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा घटेर ३ अर्ब ६२ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ थियो। ब्याज आम्दानी पनि घटेर ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँमात्रै भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ९ अर्ब ९ करोड २४ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार २२.१६ प्रतिशतले बढेर १७ अर्ब ४५ करोड ९५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १४ अर्ब २९ करोड २७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा २.२३ प्रतिशत बिन्दुले बढेर ३.०८ प्रतिशत पुगेको छ। साथै उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १२ पैसा प्रतिसेयर नेथवर्क २ सय ५ रुपैयाँ ४७ पैसा बेसरेट ८.९६ प्रतिशत स्प्रेडरेट ३.९९ प्रतिशत र कर्जा निक्षेपअनुपात ८५.८१ प्रतिशत रहेको छ। ब