प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड

प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड



काठमाडौँ,प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक थियो। बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा ०.९४ रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात एनपीएल ४.८१ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.४८ प्रतिशत थियो।

बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ७१ करोड रुपैयाँ थियो। ब्याज आम्दानी पनि बढेर ८ अर्ब ४३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ६ अर्ब ६८ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।