गभर्नरका लागि ३ जनाको नाम सिफारिस 

बैकिङ्ग समाचार,  नेपाल राष्ट्र बैंकको आगामी गभर्नर छनौटका लागि गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ। अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनालको नाम सिफारिस गरेको छनौट समितिका एक सदस्यले जानकारी दिए।…