व्यापार घाटा ७ खर्ब ३८ अर्ब 

व्यापार घाटा ७ खर्ब ३८ अर्ब 


बैंकिङ्ग समाचार । 
यस आर्थिक वर्षको ७ महिनाको व्यापार घाटा ७ खर्ब ३८ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको माघ महिनासम्मको वित्तिय विवरण अनुसार व्यापार घाटा कुल बजेटको झण्डै आधा देखिएको हो । 

व्यापार घाटा समीक्षा अवधिमा यो ५.३ प्रतिशतले घटेको हो । गत सोही अवधिमा व्यापार घाटा २७.१ प्रतिशत रहेको थियो ।
 

गएको सात महिनामा कुल वस्तु निर्यात २२.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यात १२.५ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा निर्यात ३८.० प्रतिशत वृद्धि भएको छ भने चीनतर्फ १२.७ प्रतिशत तथा अन्य मुलकतर्फ २.४ प्रतिशतले घटेको तथ्याङक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।