तोलाको कति ?

धनतेरसको दिन तोलामा ५ हजार ९ सय रुपैयाँले घट्यो सुन


काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो।

यससँगै आज प्रतितोला सुन २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ८८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ११० रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ३ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ९२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

Skip This