साताको सुनः

११ हजार रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा यो साता सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। साताको पहिलो दिन आइतबार घटेको सुनको मूल्य त्यसपछि लगातार चार दिन बढ्यो। बिहीबार एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको सुन शुक्रबार भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन प्रतितोला आठ हजार ३०० रुपैयाँले घटेर दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ७४ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार थप ७०० रुपैयाँले बढ्दै दुई लाख ७५ हजार रुपैयाँ कायम भयो।

त्यस्तै, बुधबार प्रतितोला ६०० रुपैयाँले बढेर दुई लाख ७५ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेर दुई लाख ८८ हजार ९०० रुपैयाँ पुगेको थियो। साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्य प्रतितोला पाँच हजार ९०० रुपैयाँले घटेर दुई लाख ८३ हजार रुपैयाँ कायम भएको छ। समग्रमा साताको पहिलो दिनको तुलनामा अन्तिम दिन सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले बढी छ।

Skip This