काठमाडौं – पहिरोका कारण अवरुद्ध बनेको गुल्मीस्थित कालीगण्डकी करिडोर सडक खण्ड पुनः सञ्चालनमा आएको छ।
कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधवार बेलुकी सडक माथिबाट सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरोका कारण सडकमा चट्टानसहितको माटो थुप्रिएपछि यातायात सेवा ठप्प भएको थियो।
सडक डिभिजन कार्यालय, कालीगण्डकी गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सडक अवरुद्ध भएपछि प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।
सडक सञ्चालनमा आएसँगै तिहार मनाउन गाउँ आएका तथा रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।






About Us
प्रतिक्रिया