काठमाडौं – आइसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो।
उनको कार्यकाल आजदेखि सुरु भएको छ। उनलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। श्रेष्ठ यसअघि कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।







About Us
प्रतिक्रिया