काठमाडौं – वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् ।
विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका साहले ११ वर्ष कैद भुक्तान गरिसकेका थिए। उनको कैद अवधि अब एक वर्ष मात्रै बाँकी रहेको थियो ।






About Us
प्रतिक्रिया