‘६ हजार कृषि प्राविधिकलाई तत्कालै जागिर, किसानलाई ५ प्रतिशत ब्याजमा ऋण र नाफा ग्यारेण्टी’

‘६ हजार कृषि प्राविधिकलाई तत्कालै जागिर, किसानलाई ५ प्रतिशत ब्याजमा ऋण र नाफा ग्यारेण्टी’


बैकिङ्ग समाचार ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले कृषि क्षेत्रमा आमुल परिवर्तनका लागि तत्कालै ६ हजार कृषि प्राबिधिकहरुलाई जागिर दिने बताएका छन् । आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भुषालले देशभर ६ हजार कृषि प्राबिधिकको दरबन्दी खाली रहेकाले उनीहरुलाई छिट्टै भर्ना गर्ने बताए । 

पाँच बुँदे योजना सार्वजनिक गर्दै उनले हरेक किसानलाई नाफा सुनिश्चित गर्ने पनि बताए ।‘हरेक किसानलाई आफ्नो उत्पादन बेच्दा नाफा हुन्छ भन्ने सुनिश्तिता गर्छौ, किसानहरुले बाली लगाएर बेच्दा नोक्सानी व्यहोर्नुपर्ने दिन अब सकिए’, मन्त्री भुषालले भने । 

सरकारले कृषि उत्पादनको न्युनतम समर्थन मूल्य तोक्ने र सो मूल्यमा बजारले खरिद नगरे सरकार आफैंले किनिदिने उनले बताएका हुन् । उनले हरेक किसानलाई पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

 उनले सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच स्थापित गर्ने पनि बताए । त्यस्तै, बाली तथा पशुपंक्षी बीमालाई थप प्रभावकारी बनाउँदै अघि बढाउने योजना पनि उनले सुनाए ।