कर्जाको सूचना लिन अब ऋणी बैंंक धाउन नपर्ने

कर्जाको सूचना लिन अब ऋणी बैंंक धाउन नपर्ने


बैंकिङ्ग समाचार ।
बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा सूचना केन्द्रबाटै पाउने भएका छन् । 

राष्ट्र बैंकले कर्जा सूचना विनियमावली २०५९ मा उपविनियम थप गर्दै ऋणीलाइ कर्जा सम्बन्धी जानकारी कर्जा सूचना केद्रबाटै लिने व्यवस्था मिलाएको हो । 

बैंक तथा वित्तिय संस्था नियमन विभागद्धारा जारी गरिएको सुचनामा ऋणीले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट लिएको कर्जाको एकिकृत विवरण उपलबध गराउँ निवेदन दिएमा शुल्क लिएर वा नलिएर त्यस्तो सूचना उपलबध गराउने उल्लेख छ । 

हालसम्म ऋणीले आफ्नो कर्जाको सूचना सम्बन्धित बैंक तथा वित्तीय सस्थाबाट मात्र लिन पाउने व्यवस्था थियो ।