एनसिसि बैंकको वित्तिय विवरण सार्वजनिक, कति प्रतिशतले बढ्यो नाफा ?

एनसिसि बैंकको वित्तिय विवरण सार्वजनिक, कति प्रतिशतले बढ्यो नाफा ?


 

 बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड  ले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ९० करोड ५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४६.६७ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ६१ करोड ४० लाख ४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ६.०८ प्रतिशतले बढेर एक अर्ब ७० करोड एक लाख ३३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब ४४ करोड ४२ लाख ९६ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ३२.०८ प्रतिशतले बढेर एक अर्ब १३ करोड ६ लाख १० हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ८५ करोड ६० लाख १२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ४९ लाख १६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ६३ करोड ९६ लाख ७८ हजार रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ८३ करोड ३८ लाख ९२ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ ।