नक्कली शैक्षिक प्रमाणपत्र काण्डले सिटिजन्स बैंकमा हंगामाः ६ जना समातिएपछि थप १० कर्मचारी फरार

नक्कली शैक्षिक प्रमाणपत्र काण्डले सिटिजन्स बैंकमा हंगामाः ६ जना समातिएपछि थप १० कर्मचारी फरार


बैंकिङ्ग समाचार, काठमाडौं ।

नकल्ली शैक्षिक प्रमाणपत्रमा सिटिजन बैंकका ६ जना कर्मचारीहरु समातिएपछि थप १० जना फरार रहेको  प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ  । स्रोतका अनुसार बैंकले १० जना कर्मचारीमाथि कारबाही गर्न पत्राचार गरेको थियो । चारजना फरार छन् । नक्कली प्रमाणपत्रधारी धेरैजसो सोर्सफोर्समा भर्ना भएका बैंक स्रोत बताउँछ । उनीहरूले भारतका कलेजमा अध्ययन गरेको भनेर नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

हिजो मात्र नकल्ली शैक्षिक प्रमाणपत्रमा सिटिजन बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा सेवा प्रवेश गरेका ६ जना कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताएका छन् ।

पक्राउ पर्नेहरूमा बैंकको बुटलवस्थित ड्राइभरटोल ब्रान्चमा कार्यरत मनीषा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतीक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक विष्ट रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको परिसरका प्रवक्ता एसपी ढुंगेलले जानकारी दिएका छन् ।