‘बैंक खोल्ने–नखोल्ने विषयमा राष्ट्र बैंकलाई सुझाव पढाइसकेका छौँ, आदेश आउन बाँकी छ’

‘बैंक खोल्ने–नखोल्ने विषयमा राष्ट्र बैंकलाई सुझाव पढाइसकेका छौँ, आदेश आउन बाँकी छ’


बैंकिङ्ग समाचार । 

कोरोनाको त्रास फैलिएसँगै नेपाल राष्ट्र बैंकलाई बैंकर्स सघंले सुझाव सहितको पत्र पढाएको बताएको छ । नेपाल बैंकर्स संघका सदस्यसमेत रहेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले सो जानकारी दिए । बैंकिङ्ग समाचारसँग कुरा गर्दै उनले कोरोना भाइरसले सबै क्षेत्र ठप्प हुने अवस्थामा पुगेको र नेपालका बैंक तथा वित्तिय संस्थाहरुले पनि यसको विषयमा सोच्नुपर्ने बताउँदै नेपाल राष्ट्र बैंकलाई सुझाव पेस गरेको बताए । उनले भने, ‘ नोटको कारोबार गर्दा भाइरस तिब्र रुपमा फैलन सक्छ । त्यसैले हामीले राष्ट्र बैंकसँग डिजिटल भुक्तानीलाई सहज र सवल बनाइदिन आग्रह गरोका छौं ।’  

नेपालका बैंक तथा वित्तिय संस्थाहरुको नियमनकारी निकाय भनेको नेपाल राष्ट्र बैंक रहेको जानकारी गराउँदै उनले भने, ‘ बन्द हुने नहुने, विदा दिने नदिने भन्ने विषयमा राष्ट्र बैंकले भन्छ । हामी बस निर्देशनको पर्खाइमै छौँ । 
यता नेपाल बैंकर्स संघका सदस्य तथा नेपाल बैंकका सहायक प्रमुक कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले माथिल्लो तहमा कोरोनाको चर्चै नभएको बताए । उनले भने, ‘ बैंक तथा वित्तिय संस्था अस्पताल जस्तै हो । त्यसैले बन्दै हुने स्थितीमा नआउला । यसको चर्चा अझैसम्म माथिल्लो तहमा भएकै छैन ।’ यतिबेला कोरोनाका कारणले मुलुको अधिकांश क्षेत्रका कामकाजहरु ठप्प भइसकेको अवस्था छ ।

बुधबार कोभिड–१९ रोकथामका लागि सरकारले स्कुल, कलेज, जिम क्लब, सिनेमा हल, जमघट हुने सार्वजनिक स्थानहरुमा प्रतिवन्ध लगाएको छ । कोरोनाका कारण एशिया, अमेरिका र युरोप स्तब्ध बनेका छन भने सरकारले कोरोना संक्रमण हुने ५० भन्दा बढि मुलुकबाट नेपाल भित्रिने यात्रुलाई प्रतिबन्ध लगाएको छ । 

त्यसैले यसनेपालका सबै क्षेत्रमा यसको असर परेको छ । शैक्षिक, औधोगिक तथा वित्तिय क्षेत्रमा विस्तारै यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । स्कुल कलेज डान्सबार, सिनेमा, जिम, क्लब लगायत भिडभाड हुने सार्वजनिक स्थानहरुमा सरकारले प्रतिबन्ध लगाएको छ । तर, बैंक तथा वित्तिय संस्थाहरु भने कुनै त्रासविना नै यथावत काम गरिरहेको