बैंक वित्तीय संस्थाको सीईओ बन्न चाहिने शैक्षिक योग्यता फेरियो 

बैंक वित्तीय संस्थाको सीईओ बन्न चाहिने शैक्षिक योग्यता फेरियो 


बैंकिङ्ग समाचार ।
बैंक वित्तीय सँस्थामा संचालक तथा प्रमुख कार्यकारी अधिकृत बन्नलाई चाहिने योग्यता तथा कार्य अनुभवसम्बन्धि व्यवस्था परिमार्जन संसोधन गरिएको छ । नेपाल राष्ट्र बैंकले यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै योग्यता र कार्य अनुभवमा थप सहजता प्रदान गरेको हो । 

राष्ट्र बैंकले बाणिज्य बैंक, बिकास बैंक, फाइनान्स र लघुवित्तका संचालक तथा सीईओको सूचना प्रविधि र कम्युटर विज्ञानको योग्यतालाई समेत मान्यता दिएको छ। 

कार्य अनुभवलाई यथावत राख्दै राष्ट्र बैंकले संचालक र सीईओ बन्नका लागि सूचना प्रविधि र कम्युटर बिज्ञान सम्बन्धि शैक्षिक योग्यतालाई मान्यता दिएको हो। यसअघि सूचना प्रविधि र कम्युटर बिज्ञानसँग सम्बन्धित योग्यताले मान्यता नपाउँदा केहि व्यक्ति संचालक हुनबाट बन्चित भएका थिए। 

संचालक बन्नलाई शैक्षिक योग्यता सम्बन्धमा सामान्यतया तीन मापदण्ड पुरा गरेको हुनुपर्छ। पहिलो, शैक्षिक योग्यता नभएको भए  सम्बन्धित क्षेत्रमा ५ बर्ष काम गरेको अनुभव हुनुपर्दछ। त्यस्तै दोस्रोमा, स्नातक गरेको भए उससँग सम्बन्धित क्षेत्रमा ३ बर्ष काम गरेको अनुभव गर्नुपर्ने र स्नात्तकोत्तर गरेको भए  उससँग सम्बन्धित क्षेत्रको अनुभव नभएपनि हुन्छ। 

राष्ट्र बैंकले हालसालै जारी गरेको सर्कुलरअनुसार अबदेखि सूचना प्रविधि र कम्युटर बिज्ञान सम्बन्धमा अध्ययन गर्नेको योग्यताले अन्य मापदण्ड पुरा गरेको अवस्थामा संचालक वा सीईओ बन्न पाइने भएको छ ।